अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

नयाँ विकल्प,

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएको छ । भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

१६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको जनाइएको छ । घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको दाबी छ ।
गत १ जुलाईमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्याँसमा अझै प्रतिसिलिण्डर ५८२ रुपैयाँ घाटा रहेको पनि बताइएको छ ।

घटेर आएको नयाँ मूल्य पछि पनि निगमलाई महिनामा अझै ४ अर्ब ३२ करोट घाटा रहेको छ । भारतले खरिद गरेर नेपालाई बिक्री गर्ने ब्रेन्ट क्रुड आयलको मूल्य पछिल्लो दुई सातामा १२ डलर जतिले घटिसकेको छ ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण १, १५: ४३

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण १, १५: ४३

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १, १५: ४३

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...