
नयाँ विकल्प,
काठमाडौं – पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सानो अंकको वृद्धि भएको छ ।
आइतबार नेप्से १.९३ अंकले बढेर २०११.३९ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित व्यापार, उत्पादनमुलक, जीवन बीमा र लगानी उपसूचकमा वृद्धि भएको छ । लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उतपादनमुलक उपसूचक ०.८६ प्रतिशत र बैंकिङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा समान्य वृद्धि हुँदा कारोबार रकम १ अर्बमा झरेको छ । आज ३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको ६ करोड ५ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ ।
आइतबार धेरै मूल्य बढ्नेमा राधी जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य ५.४८ प्रतिशतले वृद्धि हुँदा प्रभु बैंकको सेयरमूल्य ४.७३ प्रतिशतले बढेको छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...