
नयाँ विकल्प,
काठमाडौं – सिन्धु विकास बैंकले ६ साउन मा बाह्रौ वार्षिक साधारणसभा बोलाएको छ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको ७ असारमा बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वाएक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले २७ असारमा बुक क्लोज गरेको छ । यसर्थ, २६ असारसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...