
नयाँ विकल्प,
काठमाडौं – लगातार उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको छ। आज २१ सय ३२ अंकमा पुगेको नेप्से परिसूचक घटेर २ हजार ८८ अंकमा आइपुगेको हो ।
यसक्रममा आज नेप्सेमा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ बराबरको ८७ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । हिजो सोमबार बजार परिसूचक ५४ अंकले बढेको दिन ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा १३३ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ११४ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा १०३ अंकको गिरावट आएको छ ।
लघुवित्त समूहमा ११० अंकको गिरावट आएको छ भने उत्पादनमूलक समूहमा ९४ अंकको गिरावट आएको छ । यस्तै, होटल एण्ड टुरिजम समूह ७८ अंक, अन्य समूह ५७ अंकले घटेका छन् । यी बाहेक अन्य समूहमा समेत उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४४ अंकले खुम्चिएको दिन आज मल्टिप्रपोज वित्त कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढेर प्रतिकित्ता ३३२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...