पेट्रोलियम ढुवानी व्यवसायीद्वारा देशव्यापी आन्दोलनको घोषणा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा देशव्यापी आन्दोलनको घोषणा

नयाँ विकल्प,

काठमाडौं । व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितकोे माग गर्दै सोमबारदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग सहित व्यवसायीले आन्दोलनको घोषणा गरेको जनाइएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख गरेको छ । २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने र लोड पनि नगर्ने बताइएको छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासंघद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने उनीहरूले चेतावनी समेत दिएका छन् । हालको ढुवानी भाडाबाट ट्यांकर सञ्चालन गर्न नसकिने महासंघको भनाइ रहेको छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण १५, २१: ३२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०७९ श्रावण १५, २१: ३२

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण १५, २१: ३२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...