नयाँ वर्षमा खाता खोल्नेलाई १०० उपहार – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नयाँ वर्षमा खाता खोल्नेलाई १०० उपहार

काठमाडौं । नयाँ वर्ष २०७६ सालमा बैंक खाता खोल्नेहरुले खातामा १०० रुपैयाँ उपहार स्वरुप पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘खोलौ बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि २०७६ सालमा खोलिएका खातामा १०० रुपैयाँ बैंकका तर्फबाट राखिदिने व्यवस्था गरेको हो ।

हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले उक्त व्यवस्था गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बचत खाता खोल्नेहरुको खातामा १०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बैंक खाता खोल्ने प्रकृयालाई पनि सहज बनाएको छ ।

आवश्यक कागजातहरुमा पनि सहजकरण गरिदिएको छ । पहिले बैंक खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र साथै तीन पुस्ताको विवरण खुलाउने अन्य कागजात पनि आवश्यक पर्दथ्यो तर राष्ट्र बैंकले उक्त व्यवस्थालाई सहजिकरण गर्दै ग्राहक पहिचान गर्दा नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिसमध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिने भएको छ । त्यस्तै बैंकहरुले खाता खोल्ने फारमलाई पनि सरलिकृत गर्नुपर्ने भएको छ ।

खातामा १०० रुपैयाँ प्राप्त गर्नको लागि खाता खोल्दा ग्राहकको अन्य बैंक खाता नभएको स्वघोषणा भने लिनुपर्ने हुन्छ । यसरी खोलिएको खाताको वार्षिक अधिकतम कारोबार सीमा भने १ लाख रुपैयाँ मात्र रहेको छ । कारोबार रकम १ लाख रुपैयाँ नाघेमा भने तीनपुस्ते सहितको सम्पुण विवरण बुुझाउनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७६ बैशाख २, ०६: ३०

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७६ बैशाख २, ०६: ३०

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०७६ बैशाख २, ०६: ३०

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...