प्रभु बैंकको वीर अस्पतालमा क्यास काउण्टर – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

प्रभु बैंकको वीर अस्पतालमा क्यास काउण्टर

काठमाडौं । प्रभु बैंकले विर अस्पतालमा २४सै घण्टा क्यास काउन्टर सञ्चालन गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबीच सम्पन्न सम्झौता बमोजिम गत शुक्रबारदेखि काठमाडांै महाबौद्धस्थित वीर अस्पतालको परिसरमा प्रभु बैंकको बैंकिङ्ग सेवा सहित २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण साहले एक समारोहका गरेर २४ घण्टे क्यास काउण्टरको उद्घाटन गरेका थिए ।

वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले २४सै घण्टा बीर अस्पतालमा बुझाउनुपर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने भएका छन् ।

प्रभु बैंकको क्यास काउण्टर चौबिसै घण्टा लगातार रुपमा सञ्चालन हुने भएकोले अबदेखि बीर अस्पतालमा उपचारका क्रममा आउने जुनसुकै विरामीले आफ््नो आवश्यकतानुसार जुनसुकै समयमा रकम जम्मा गरी अस्पतालको सेवा उपभोग गर्न पाउने बैंकले जानकारी दिएको छ ।

यसैगरी, प्रभु बैंकले साउदी अरबको मक्कामदिना जाने हज यात्रीका लागि सटही सुविधा उपलब्ध गराएको छ । बैंकले राजधानीको घण्टाघरस्थिर मस्जिदमै गएर सटही सुविधा उपलब्ध गराएको हो । करिव १२ सय नेपाली हजयात्रीहरुले सटही सुविधा लिएका छन् । राष्ट्र बैंकको नियम अनुसार एक जनाले बढीमा १५ सय डलर बराबर सटही सुविधा पाउँछन् ।

बैंकले बुधबार वीर अस्पतालमा एक्सटेन्सन काउन्टर खोलेको छ । कर्मचारी र बिरामीलाई लक्षित गरी काउन्टर खोलिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । काउन्टर २४सै घण्टा खुला रहने छ । काउन्टरबाट अबदेखि अस्पताललाई बुझाउनुपर्ने सम्पूर्ण शुल्क तथा भुक्तानीहरु हुने छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७६ श्रावण ६, ०९: ०८

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
  • २०७६ श्रावण ६, ०९: ०८

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७६ श्रावण ६, ०९: ०८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...