प्रभु बैंक र अर्विट मेडिकलबीच सम्झौता – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

प्रभु बैंक र अर्विट मेडिकलबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्स् प्रालिबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिअनुसार अर्विट मेडिकल इन्ट्रान्स् प्रालिको आधिकारिक बैंकमा प्रभु बैक रहेको छ ।
कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भइ आएका उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीले बैंकको सबै शाखाबाट नगद जम्मा गर्ने, विदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट टीटी, अनलाइन पेमेन्ट, ड्राफ्ट आदिका माध्यमबाट गरिने आईईएलटीएस, टोफेल, स्याट् आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा उपलब्ध गराइने उल्लेख छ ।

उक्त सहमति पत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अर्विट मेडिकल इन्ट्रान्स् प्रालिका प्रबन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन् । यसैगरी, प्रभु बैंकले खुद नाफामा छलाङ मारेको छ । अघिल्लो बर्ष ९६ करोड ७० लाख नाफा गरेको बैंकले यसपाली २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । यो शत प्रतिशतभन्दा माथि हो ।

बैंकले ब्यापार बिस्तार गरेर खुद आम्दानीमा उच्च सुधार गरेको छ। बैंकले ७३ अर्बको ऋणलाई ८६ अर्ब पुर्याएको छ । साथै ९७ अर्बको निक्षेपलाई १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याएको छ । ब्यापार विस्तारका लागि चाहिने स्रोत जुटाएर बैंकले नाफा वृद्धि गरेको हो । बैंकले केही पुराना डुबेका ऋण पनि यो अवधिमा उठाएको छ ।

पछिल्लो तीन महिनामा मात्रै बैंकक नाफा ५९ करोड ८३ लाख रुपैयाँले बढेको छ । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ। बैंकको ब्याज स्प्रेड भने केही माथि छ । बैंकले ४.७ प्रतिशतको स्प्रेडमा काम गरेको छ । बैंकको आधार दर घटेर ९.३६ प्रतिशतमा आइसकेको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७६ श्रावण १३, १०: ५४

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
  • २०७६ श्रावण १३, १०: ५४

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७६ श्रावण १३, १०: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...