
काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४औं स्वतन्त्रता दिवसको अवसरमा गत साउन ३२ गते तद्अनुसार १७ अगस्त २०१९ मा एक समारोहकाबीच नेपालका लागि इण्डोनेशियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष् चन्द्र प्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् ।
कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
इण्डोेनेशियको शान्ति र समृद्विको कामना गर्दै अवैतनिक बाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियन नागरिकसँग सँगै बसेर इण्डोनेसियाको स्वतन्त्र दिवस मनाउन पाउँदा खुशी लागेको बताए ।
नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६०मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेशियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।
इण्डोनेशिया एसियन राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । साथै नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...