अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक.लि.बीच सम्झौता – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक.लि.बीच सम्झौता

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरान प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्तीर आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए.खानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा७०% सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरान प्रधान कार्यालय रहेको)बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

सम्बन्धित समाचार

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७६ भाद्र ९, ०६: ५४

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
  • २०७६ भाद्र ९, ०६: ५४

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७६ भाद्र ९, ०६: ५४

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...