आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि श्री ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको संझौता पत्रमा मिति २०७४ साल पौष ३ गते सोमबारका दिन हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
कम्पनीको चुक्ता पूंजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्री श्रेष्ठले जानकारी दिंदै संझौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्नेछ र तत् पश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पु¥याउने गरी पूंजी बृद्धि योजना श्री बीमा समितिमा पेश गरिएको पनि जानकारी गराउनुभयो ।
कम्म्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहक महानुभावरुलाई चुस्त सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...