काठमाडौं । अरुण फाइनान्सको नाम परिवर्तन भई हाथवे फाइनान्स भएको छ । अरुण फाइनान्सको एक्काइसौं वार्षिक साधारणसभाले हाथवे फाइनान्स हुने प्रस्ताव पारित गरेको जनाएको छ । अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले टेक ओभर गरेको थियो । हाथवेले टेक ओभर गरेसँगै बिहीबारको साधारणसभाले नाम तथा लोगो पनि परिवर्तन गरेको प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अम्बिका प्रसाद पौडेल, लिलानाथ अधिकारी र प्रकाश तिवारीलाई निर्वाचित गरेको छ । धरानमा सम्पन्न साधारणसभाले हालको चुक्ता पूँजीको १८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको बिज्ञप्तीमा उल्लेख छ । फाइनान्सले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुग्नेछ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...