
नयाँ विकल्प,
काठमाडाैं- रोल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । पछिल्लाे समय रोल्पामा काेराेना संक्रमण परिक्षण गर्दा कुनै पनि संक्रमित नभेटिए पछि साे जिल्ला संक्रमित फ्रि जिल्ला बनेकाे हाे ।
मंगलबार रुन्टीगढी गाउँपालिकाका रहेका एक कोरोना संक्रमित समेत निकाे भएर घर फर्किएपछि रोल्पा कोरोनामुक्त भएको छ । हालसम्म राेल्पामा ८१ जना संक्रमितमध्ये फेला परेका थिए ।
एकजनाले क्वारेन्टिनमा नै आत्महत्या गरेकाे थिए । पाँच जनाकाे राेल्पा बाहिर उपचार भैरहेकाे छ । बाँकी ७५ जनाले काेराेना संक्रमण जितेका छन् ।
त्यसबाहेक जिल्लाभित्रै जलजला क्याम्पसमा स्थापना गरिएको कोभिड–१९ आइसोलेसन केन्द्रमा रहेका ७५ जना संक्रमितमध्ये सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएकाे थियाे ।
राेल्पामा पहिलाे पटक गत २९ जेठमा तिनजनामा संक्रमण देखिएकाे थियाे । संक्रमण नियन्त्रणमा आएपनि पुनः महामारीका फैलिएपछि सक्ने भन्दै राेल्पामा उच्च सतर्कता अपनाइएकाे छ ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...