समस्यामा परेका ७० परिवारलाई लायन्स क्लवको राहत – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

समस्यामा परेका ७० परिवारलाई लायन्स क्लवको राहत

नयाँ विकल्प,

भक्तपुर – लायन्स क्बल अन्तराष्ट्रि«य ए टुले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका ७० परिवारलाई भक्तपुरको बालकोटमा राहत वितरण गरेको छ ।

क्लवले सोमबार विहान ती ७० परिवारलाई प्रति परिवार १२ केजी चामल, एक केजी दाल, एक केजी नुन, आधा केजी चिनी, आधा लिटर खानेतेल, आधा केजी न्यूट्र«ेला र २ वटा हात धुने साबुन वितरण गरिएको छ ।

राहत वितरण गर्दै डिस्ट्रि«क गभर्नर डा.सुशिला मल्लले खान नपाएर कोही मर्न नपरोस भन्दै कसैको चुलो बलेन भने लायन्स चुलो बाल्न तयार रहेको बताइन् । उनले समाजमा अप्ठ्यारोमा कोही भए लायन्सको सम्पर्कमा आउन आग्रह गर्दै भनिन्, ‘धेरै नसके पनि केही छाक टार्नका लागि लायन्स तयार छ ।’

राहत वितरण कार्यक्रममा चिफ एरिया को–अर्डिनेटर गोपाल पौड्यालले लायन्सले बिभिन्न स्थानमा अप्ठ्यारोमा परेकाको सहयोगका लागि कार्य गर्दै आएको बताए । उनले भने, ‘यो ठुलो सहयोग होइन् तर विपदमा परेकालाई केही राहत होला भन्ने आशा गरेका छौं ।’

स्थानीय पूर्वेली टोल समितिका सचिव यज्ञराज घिमिरेले टोलमा आएर विपन्न वर्गलाई सहयोग गरेकामा लायन्स क्लबप्रति आभार प्रकट गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न टोल समिति तयार रहेको बताए ।

‘क्लस्टर चिफ’ फडिन्द्र पौडेल, डिस्ट्रिक सेक्रेटरी उत्तम झा, ट्रेजरर डा.कमल कायस्थ, लायन चन्द्र ढकाल लगायतका लायन्स लिडरहरुको राहत वितरण कार्यक्रममा उपस्थिति थियो ।

इस्तै, लायन्स क्बल अन्तराष्ट्रिय ए टुले कोभिड–१९ को महामारीमा समस्यामा परेका विपन्न वर्गका लागि ‘फुड बैंक’ को स्थापना गरि करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराइने बताएको छ ।

६ वटा क्लस्टर अन्तर्गत अलग अलग स्थानमा कार्यक्रम गएिको थियो । यही अभियान अन्तर्गत सोमबार बालकोटमा पनि राहत वितरणको कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ भाद्र २९, १३: ५६

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ भाद्र २९, १३: ५६

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७७ भाद्र २९, १३: ५६

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...