पत्रकार शिवाकोटीलाई पाँच लाख राशीकाे सुशासन पत्रकारिता पुरस्कार – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

पत्रकार शिवाकोटीलाई पाँच लाख राशीकाे सुशासन पत्रकारिता पुरस्कार

नयाँ विकल्प
काठमाडाैं- रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट चर्चित पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ ।सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको अवार्ड यस बर्ष खोजी पत्रकारितामा संलग्न पत्रकारहरुलाई दिने निर्णय भएको रोटरीले जनाएको छ ।सो पुरस्कार महारा काण्ड, बास्कोटा काण्डलगायतका दर्जनौ प्रभावशाली समाचार लेखेर चर्चामा रहेका हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिने भएको हो ।

स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनिहरूलाई प्रोत्साहन गर्न यस बर्षको अवार्ड प्रदान गरिने भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ डिष्ट्रिक्ट गभर्नर २०१९–२० किरण लाल श्रेष्ठले जानकारी दिए ।यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको बासु रोटरी भोकेशनल सुशासन अवार्ड प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने श्रेष्ठले बताए ।

रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्षसुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा अवार्डको स्थापना गरेका छन् । त्यसैगरी ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जनालाई छनौट गरिएको छ ।

यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी कैलाली रहेका छन् ।

त्यसैगरी विभिन्न ५ विधामा निरन्तर कलम चलाएका मध्ये आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा) काठमाडौं र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौंलाई पनि जनही २५ हजार रुपैयासहितको पुरस्कार प्रदान गरिने भएको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ आश्विन ९, ०९: ३८

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ आश्विन ९, ०९: ३८

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७७ आश्विन ९, ०९: ३८

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...