
काठमाडौं–काठमाडौं जिल्ला चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा मिति २०७७÷०८÷०७ गते अं. १५ः३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.०७ चाबहिलस्थित शान्तिगोरेटो चोक बाट १ के.जि.२५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपटा बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित सालकको खपटा सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरिआवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय काठमाण्डौ पठाईएको ।
पक्राउ पर्नेहरुमा बिनोद तामाङ, उमेरः– २५बर्ष, ठेगानाः– जिल्ला काभ्रे महाभारत गा.पा. वडा न २ बाल्टिङ, हालको ठेगानाः( का.जि.स्वयम्भु रहेको छ भने अर्का व्यक्ति लाल सिंह तामाङ, उमेरः– ४७ बर्ष, ठेगानाः– जिल्ला काभ्रे सल्ले भुल्बु गा.पा. वडा न ३, हालको ठेगानाः( का.जि. चाबहिल रहेको छ ।
उनीहरुको साथबाट प्रहरीले सालकको खपटा १के.जि.२५ ग्राम र बिभिन्न कम्पनीका मोबाईलहरु थान २ बरामद गरेका छन् ।
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...