मृत्यु संस्कारको काजक्रिया छोट्याउँदै – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

मृत्यु संस्कारको काजक्रिया छोट्याउँदै

१३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कारको कामकाज छोट्याउने क्रम बढ्न थालेको छ । हिजोआज धेरैले मृत्यु पछिको काजकृया पाँच दिनर्म सकाउने चलन सुरु हुन थालेको छ । यसरी थोरै दिनमा काम सकाउँदा सबैलाई सजिलो हुने धारणा छ । मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ, बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ, यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानु पनि बताइन्छ ।

संस्थागत रुपमै यस्तो निर्णय गर्न सके अझ प्रभावकारी हुने जानकारहरु बताउँछन् । ओखलढुंगाका कार्की समुदायले भने संस्थागत निर्ण गरेरै काजक्रिया पाँच दिनमा सक्काउने निर्णय गरेका हुन् । यद्यपी कोही बन्धुले १३ दिन नै लगाएर गर्न चाहेमा गर्न सक्ने गरी व्यवस्था गरेको बताईन्छ । एक वर्षसम्म सेतो पहिरन पनि स्वेच्छिक गर्ने कार्की समाजको निर्णय छ ।

पाँच दिनमा क्रिया सक्न पुरोहित पनि सहमत भई १३ दिनका सबै कर्म पाँच दिनमा सकिन थालेको हो । ओखलढुंगाका पुरोहित लेखनाथ दाहाल १४ वर्षदेखि पुरोहितको काम गर्दै आएको र आजसम्म धेरैको काजक्रिया १३ दिनमै गरेको पाँच दिनमा छ जनाको क्रियाकर्म गरिसकेको बताउँछन् । यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार पाँच दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि पाँच दिनमा सकिएको थियो ।

विसं २०७२ मा संस्कार सुधार समाज स्थापना भई पाँच दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल १३ दिनमा गरिने कर्म केही पनि नघटाई पाँच दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको बताउँछन् । पाँच दिनमा काजक्रिया सक्ने पद्धति शास्त्रसम्मत नभएको भन्ने धर्मशास्त्रविद्को संख्या पनि धेरै छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम पाँच दिनमा काजक्रिया सक्ने र तीन महिनामा बच्चा जन्माऔँ भन्ने विषय उस्तै भएको बताउछन् । आत्मशान्तिको लागि काजक्रिया गरिने भएकोले यसलाई बाध्यता र नियमसम्मत रुपमा लिन नहुने बताउँछन् ।

काजक्रियामा दिनको विवाद आत्मवादी र अनात्मवादीबीचको बहस भएको गौतमको बुभाmई छ । दाहसंस्कार शरीरको शान्तिका लागि र काजक्रिया आत्मा शान्तिका लागि गरिने शास्त्रीय वचन रहेको छ । संस्कार सुधार एकैपटक गर्न नसकिने उनी बताउँछन् । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागकी पूर्व प्रमुख प्रा डा वीणा पौडेल पाँच दिनमा मृत्यु संस्कार सक्ने विधि समाजले मान्न समय लाग्ने बताउँछन् । पाँच दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनमै सिध्याउने गरी छलफल पनि शुरु गरेको छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७४ फाल्गुन २१, ०९: ०६

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७४ फाल्गुन २१, ०९: ०६

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७४ फाल्गुन २१, ०९: ०६

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...