मृत्यु संस्कारको काजक्रिया छोट्याउँदै – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

मृत्यु संस्कारको काजक्रिया छोट्याउँदै

१३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कारको कामकाज छोट्याउने क्रम बढ्न थालेको छ । हिजोआज धेरैले मृत्यु पछिको काजकृया पाँच दिनर्म सकाउने चलन सुरु हुन थालेको छ । यसरी थोरै दिनमा काम सकाउँदा सबैलाई सजिलो हुने धारणा छ । मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ, बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ, यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाई सुधार गर्दै लैजानु पनि बताइन्छ ।

संस्थागत रुपमै यस्तो निर्णय गर्न सके अझ प्रभावकारी हुने जानकारहरु बताउँछन् । ओखलढुंगाका कार्की समुदायले भने संस्थागत निर्ण गरेरै काजक्रिया पाँच दिनमा सक्काउने निर्णय गरेका हुन् । यद्यपी कोही बन्धुले १३ दिन नै लगाएर गर्न चाहेमा गर्न सक्ने गरी व्यवस्था गरेको बताईन्छ । एक वर्षसम्म सेतो पहिरन पनि स्वेच्छिक गर्ने कार्की समाजको निर्णय छ ।

पाँच दिनमा क्रिया सक्न पुरोहित पनि सहमत भई १३ दिनका सबै कर्म पाँच दिनमा सकिन थालेको हो । ओखलढुंगाका पुरोहित लेखनाथ दाहाल १४ वर्षदेखि पुरोहितको काम गर्दै आएको र आजसम्म धेरैको काजक्रिया १३ दिनमै गरेको पाँच दिनमा छ जनाको क्रियाकर्म गरिसकेको बताउँछन् । यसअघि गोरखाका देवकोटा समाजले पनि मृत्युसंस्कार पाँच दिनमा सक्ने संस्थागत निर्णय गरिसकेको छ । देवकोटा समाजले निर्णय गरेपछि पूर्वमन्त्री राजेश्वर देवकोटाको मृत्युसंस्कार पनि पाँच दिनमा सकिएको थियो ।

विसं २०७२ मा संस्कार सुधार समाज स्थापना भई पाँच दिनमा काजक्रिया सक्ने अन्त्य पद्धतिसमेत प्रकाशन भएको छ । समाजका अध्यक्ष शंकरप्रसाद पोखरेल १३ दिनमा गरिने कर्म केही पनि नघटाई पाँच दिनमा काजक्रिया सक्ने गरी शास्त्रसम्मत रुपमा पुस्तक प्रकाशन गरिएको बताउँछन् । पाँच दिनमा काजक्रिया सक्ने पद्धति शास्त्रसम्मत नभएको भन्ने धर्मशास्त्रविद्को संख्या पनि धेरै छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम पाँच दिनमा काजक्रिया सक्ने र तीन महिनामा बच्चा जन्माऔँ भन्ने विषय उस्तै भएको बताउछन् । आत्मशान्तिको लागि काजक्रिया गरिने भएकोले यसलाई बाध्यता र नियमसम्मत रुपमा लिन नहुने बताउँछन् ।

काजक्रियामा दिनको विवाद आत्मवादी र अनात्मवादीबीचको बहस भएको गौतमको बुभाmई छ । दाहसंस्कार शरीरको शान्तिका लागि र काजक्रिया आत्मा शान्तिका लागि गरिने शास्त्रीय वचन रहेको छ । संस्कार सुधार एकैपटक गर्न नसकिने उनी बताउँछन् । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागकी पूर्व प्रमुख प्रा डा वीणा पौडेल पाँच दिनमा मृत्यु संस्कार सक्ने विधि समाजले मान्न समय लाग्ने बताउँछन् । पाँच दिनमा क्रियाकर्म सक्ने पद्धति प्रकाशन भएको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनमै सिध्याउने गरी छलफल पनि शुरु गरेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ फाल्गुन २१, ०९: ०६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ फाल्गुन २१, ०९: ०६

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ फाल्गुन २१, ०९: ०६

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...