नेपाली सेना भित्र महा सेनानी दर्जाको पदोन्नतीको विषयलाई विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको ध्यानआकर्षण भएको जनाएको छ ।
नेपाली सेनाको पदोन्नति सम्बन्धि प्रचलित व्यवस्था ‘सैनिक सेवा नियमावली २०६९’ मा गरिएको र उक्त नियमावलीमा भएको व्यवस्था बमोजिम नै निज अधिकृतहरुलाई महा सेनानी दर्जामा पदोन्नतिको लागि सिफारिस गरिएकोमा मिति २०७५÷०२÷३१ गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त सिफारिस सदर समेत भएको जनाएको छ ।
अघिल्लो हप्ता नेपाली सेनाले महासेनानी पदमा बढुवा गर्दै मन्त्रालय पठाएको फाइल रोकियो भन्ने समाचारहरु प्रकाशित भएका थिए । सोही विषयलाई लिएर नेपाली सेनाले सैनिक सेवा नियमावली २०६९ अनुसार बढुवा भएको भनेर स्पष्ट पारेको छ । बढुवा भएका महासेनानीहरुलाई आइतबार एक समारोहका बीच महारथी प्रधान सेनापति राजेन्द्र क्षत्री तथा बलाधिकृत रथी पूर्णचन्द्र थापाद्वारा दज्र्यानी चिन्ह समेत प्रदान गरिएको छ ।
काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
१.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...