
काठमाडौं । नेपाली काँग्रेस संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाको संयोजनमा राष्ट्रिय अपाङ्ग पुस्र्थापना समाज अनामनगर काठमाडौंको सहयोगमा बर्दियाको मधुवन नगरपालिका–३ स्थित जनचेतना प्राथमिक विद्यालय र जनआधार प्राथमिक विद्यालयमा विद्यार्थीलाई झोला स्टेसनरी र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीहरुको मनोबल उकास्ने र विपन्न परिवारका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विभागका केन्द्रीय सदस्य तिमिल्सिनाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलराम चौधरीको अध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस सगठन विभागका केन्दीय सदस्य जन्मजय तिमिल्सीताको आतिथ्यतामा आयोजित एक समारोहबीच शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस तरुण विभागकी केन्द्रीय सदस्य सरस्वती शाह, नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सूर्य न्यौपाने, वडा अध्यक्ष नारायण मल्ल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य मेघबहादुर गुरुङ्ग, नेपाली काँग्रेस मधुवन नगरपालिका कार्यसमितिका उपसभापति बलिराम चौधरी, विद्यालयका प्राध्यापक शिक्षकहरु, विद्यार्थी, अभिभावक गरी करीब २०० जनाको सहभागिता रहेको थियो ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...