नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला –२०७५ द्वारा पारित – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला –२०७५ द्वारा पारित

नेपाली कांग्रेसले जन्मकालदेखिनै नेपाली जनताको लोकतान्त्रिक हक, अधिकारका लागि खेलेको ऐतिहासिक भूमिकाको सगौरव स्मरण आदरणीय नेताहरु बी.पी कोइराला, सुुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुप्रति गौरव गर्दछ । पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले दोश्र्रो जनआन्द्योलन ०६२÷०६३, शान्ति प्रकृया र अन्तरिम संविधान निर्माणमा सफल नेतृत्व प्रदान गरेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै आदरणीय नेता गिरिजा प्रसाद कोइरालालाई सम्मान पूर्वक स्मरण गर्दछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानको निर्माण गरि राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने कार्यमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय नेता सुशील कोइराला प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । संविधान कार्यान्वयनको कार्य चुनौतिपूर्ण रहेको तत्कालिन परिस्थितिमा नेपाली कांग्रेसको संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गरि संविधानको कृयाशिलता सुनिश्चितता गर्न सफल पार्टी सभापति एवं तात्कालीन प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

सात दशकभन्दा लामो बलिदानी पूर्ण संघर्ष र संविधानसभा मार्फत संविधान निर्माण एवं यसको कार्यान्वयन गर्न नेपाली कांग्रेसले प्रदान गरेको सफल नेतृत्व तथा मुलुकमा उदार लोकतान्त्रिक मूल्य मान्यता स्थापना गर्न प्राप्त आफ्नो राजनीतिक विजयप्रति गौरव गर्दै आगामी दिनमा नेपाली कांग्रेस पार्टीको संगठन थप सवल, सुदृढ, आधुनिक एवं प्रभावकारी बनाउने जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला अठोट गर्दछ ।

१. पार्टी विधानसम्बन्धी विभिन्न जिल्ला, प्रदेश तथा सामूहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन हुने कुरामा यो भेला विश्वास व्यक्त गर्दछ ।
२. विगत निर्वाचनको परिणामबारे गम्भिर हुँदै जिल्ला सभापतिहरुको यो राष्ट्रिय भेला आजका तमाम चुनौतिहरुको सामना गर्न एकताबद्ध भै शसक्त ढंगले अघि बढ्ने सामूहिक संकल्प गर्दछ ।
३. केन्द्रिय समितिको बैठकले “राष्ट्रिय जागरण अभियान” प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवश्यक प्याकेज तर्जुमा गरि अबिलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा यो पुरै वर्षलाई “प्रशिक्षण गर्न” को रुपमा अघि बढाऊन पार्टी केन्द्रलाई यो भेला अनुरोध गर्दछ ।
४. जिल्ला सभापतिहरुको समेत प्रतिनिधित्व हुनेगरी अबिलम्ब विधान मस्यौदा समिति गठन गर्न तथा महासमितिको बैठकको स्थान र मिति अशिलम्ब तोक्न यो भेला हार्दिक अनुरोध गर्दछ ।
५. प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजन ागर्ने व्यवस्थाका लागि यो भेला अनुरोध गर्दछ ।
६. पार्टीभित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्पपरिक एकता, सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालाई अक्षरस कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्व समक्ष यो भेला हार्दिक अनुरोध गर्दछ ।
७. प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सम्पूण स्थानीय व्यवस्थापिका भित्र नेपाली कांग्रेसका प्रस्तुतिलाई सरकारको सर्वसत्तावादी र जनविरोधी पवृत्तिका विरुद्ध थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ । अवस्थाका लागि यो भेला हार्दिक अनुरोध गर्दछ ।
८. संविधानसम्मत हुनेगरि सबै तहको संरचना निर्माण गर्न आवश्यक कार्यविधि बनाउन केन्द्रिय कार्यसमितिलाई यो भेला अनुरोध गर्दछ ।
९. अधिवेशन समयमा नभएका भातृ तथा शुभेच्छुक संघ–संस्थाहरुको अन्यौल हटाई जुझारु र क्रियाशील बनाउन समयमै अधिवेशन गर्ने ।
१०. कम्युनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियान्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्र सेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आंतक, ट्रेड युनियन अधिकार खोस्ने प्रयत्न, पेसागत सामाजिक एवं गैरसरकारी संघसस्थामाथिको नियन्त्रणकारी रवैया, मौलाउँदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद–उन्मूख रहेको प्रष्ट छ । अतः लोकतान्त्रिक गणतन्त्र, संघियता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा व्यवसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली कांग्रेस दृण्तापूर्वक उभिने प्रण गर्दछ ।
११. कम्युनिष्ट सरकार बनेपछि आम नागरिकले चर्को मुल्यवृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलाले गम्भिरतापूर्वक लिएको छ । मुल्यवृद्धि बारे एकातर्फ प्रधानमन्त्रीको गैह्र जिम्मेवार अभिव्यत्तिः र मूल्य बृद्धिको विरोधमा आम विद्यार्थीहरुको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रष्ट्याएको छ । यसै क्रममा नेपाली कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर, निन्दा गर्दै यस्ता घटना पफेरी दोहोरिएमा यो भेला सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।
१२. निर्वाचनको बेला स्थारताको नारा दिने तर शासन–प्रणालीलाई नै अस्थीरता तर्फ धकेल्ने गरि राष्ट्रपति प्रणाली बारे आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्वारा निर्मित वर्तमान संविधानलाई विफल पार्ने षड्यन्त्रको रुपमा लिन्छ । बहुमतको आडमा संविधानका मुलभूत संरचनालाई भत्काउने यो डिजायनले लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्न उध्धत तत्वहरुलाई सहयोग पु¥याउने खतरातर्फ सचेत गर्न चाहन्छ ।
१३. तत्कालिन एमालेको नक्कली राष्ट्रलाई सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आम नागरिकको मत रहेको भेला ठहर गर्दछ ।
१४. संविधान निर्माण तथा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने क्रममा तराई मधेशमा रहेको भाव समेतलाई ध्यान राखि तत्कालीन समयमा नेपाली कांग्रेस नेतृत्वमा रहेका सरकारहरुले गरेको संविधान शंशोधन प्रस्तावलाई राष्ट्रघात भन्नेहरु नै आज संशोधन आवश्यक रहेको निष्कर्षमा पुग्नु तिनको नैतिक पराजय र हाम्रो राजनैतिक विजय हो । संशोधन गर्छौँ भन्ने तर अलमल्याए राख्ने र त्यसलाई सत्ताको सौदावाजीका लागि प्रयोग गर्ने प्रवृक्तिलाई मधेशमाथिको नयाँ षड्यन्त्रका रुपमा यो भेला ठहर गर्दछ ।
१५. नेपाली कांग्रेसको नेतृत्वको सरकारले भूकम्प पीडितहरुलाई थप १ लाख प्रदान गर्ने, क्यान्सर, मृर्गौला रोगी, स्पाइनल इन्ज्युरी लगायत गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्तास्वरुप मासिक ५००० उपलब्ध गराउने, ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने जस्ता विगतका जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षा प्रतिको संवेदनहिनतालाई उदाङ्गो पारेको छ । अविलम्ब यी कार्यक्रमहरुलाई निरन्तरता दिने यो भेला जोडदार माग गर्दछ ।
१६. नेपालको संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेतलाई कुण्ठित गर्दै वर्तमान सरकारले हालै प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट विनियोजनले प्रदेश र स्थानीय सरकारलाई अत्यन्त कमजोर र केन्द्रमुखी बनाउँदै लगेबाट यो सरकार संघियता विरोधी बाटोमा अग्रसर भएको प्रष्ट हुन्छ । यो भेला संविधान विरोधी कार्यको घोर भत्र्सना गर्दछ ।
१७. वर्तमान सरकारले योजना छनौट र बजेट विनियोजनमा समेत अत्यन्त विभेदपूर्ण व्यवहार देखाएको छ । पूर्वाग्रहपूर्ण ढंगले क्रमागत बहुवर्षी विकास निर्माणका योजनाहरु समेत कार्यक्रमबाट हटाइएका प्रति यो भेला गम्भीर आपति प्रकट गर्दछ ।
१८. देशैभरी सरकारी संरक्षण्मा बढ्दै गएको भौतिक आक्रमण, अलग विचार राख्ने नेता कार्यकर्तामाथि सुनियोचित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउने जस्ता राज्यआतंकको घोर भत्र्सना गर्दै दुरासयपूर्ण यस्ता गतिविधि तत्का बन्द नगरिए यो भेला देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ । १९ नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजन गर्ने केन्द्रिइ कार्यसमिति तथा आतिथ्यपूर्ण व्यवस्थापन गर्ने नेपाली कांग्रेस मकवानपुर जिल्लालाई यो भेला हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
हेटौडा घोषणा—पत्र

सम्बन्धित समाचार

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
  • २०७५ असार ११, ०८: १५

काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७५ असार ११, ०८: १५

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७५ असार ११, ०८: १५

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...