
नयाँ विकल्प
मकवानपुर- भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।
उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको जनाए।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...