कब्जियतबाट कसरी बच्ने ? अपनाउनुहोस् यी ६ टिप्स – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कब्जियतबाट कसरी बच्ने ? अपनाउनुहोस् यी ६ टिप्स

नयाँ विकल्प,

काठमाडौं- कब्जियत अहिले प्रायः सबै मानिसको साझा स्वास्थ्य समस्या हो। कब्जियतले पेटमा केही गडबढी भएको संकेत गर्छ। सबै उमेर समूहका मानिसमा देखिने यस समस्याबाट विशेषगरी वृद्धवृद्धा पीडित छन्।

कब्जियतबाट बच्ने विज्ञका केही टिप्स यस प्रकार छन्ः

१. प्रशस्त पानी पिउने
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण औषधि हो। प्रशस्त पानी र तरल पदार्थयुक्त खाना खाँदा कब्जियतबाट बच्न सकिन्छ। तर, पानीको नाममा सोडा पानी वा अन्य पेय पर्दाथ पिउनु कब्जियतको समाधान होइन।

२. फाइबरयुक्त खाना
जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खानेकुरा पोषिलो मात्र होइन यसले कब्जियतबाट पनि जोगाउँछ।

३. फलफूल तथा सागसब्जी
ताजा फलफूल तथा सागसब्जीमा प्रशस्त फाइबर र तरल पर्दाथ हुने भएकोले हाम्रो समग्र पाचन पक्रियालाई फाइदा गर्छ। प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियत नै हुँदैन।

४. गेडागुडी
भिटामिन र प्रोटिनयुक्त गेडागुडी नियमित सेवन गर्दा स्वभाविक रुपमा कब्जियत देखिँदैन।

५. उखुको जुस र मह
उखुको जुस, खुदो र मह कब्जियत मुक्त गर्ने खानेकुरा हुन्। उखुको रसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ।

६. व्यायाम
उठबसलगायतका शारीरिक व्यायायमले पनि कब्जियत समस्या अन्त्य गर्ने विज्ञहरु बताउँछन्।

सम्बन्धित समाचार

काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
  • २०७८ भाद्र १८, १०: ३४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको...

यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
यो अभूतपूर्व राष्ट्रिय एकताको चुरोमा दलहरुको सहिष्णु व्यवहार हो भन्ने नभुलौँ
  • २०७८ भाद्र १८, १०: ३४

  १. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०७८ भाद्र १८, १०: ३४

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...