नाजुक अवस्थामा रहेको प्राधिकरण – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

नाजुक अवस्थामा रहेको प्राधिकरण

अहिले नाफामाः घिसिङ

काठमाडौ । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युत सम्बन्धी ठुला आयोजनाहरु निर्माण लागि सरकार क्रियालिश रहेको जनाए । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालनमा ल्याइएको सञ्चार केन्द्र नेपालको हलमा आयोजना गरेको ‘जलविद्युत विकासका उपलब्धीहरु र देखिएका चुनौतीहरु’ विषयक कार्यक्रममा ओलीले सो कुरा बताएका हुन् ।

उनले सरकारले उर्जा क्षेत्रको विकासका लागि कयौं नीतिगत कुराहरु अगाडि बढाएकाले जनाउँदै मन्त्री र व्यूरोक्रेसी गहन रुपले लागिरहेको बताए ।

त्यसैगरी कार्यक्रममा उर्जा मन्त्रालयका जलविद्युत महाशाखा प्रमुख सहसचिव दिनेश घिमिरेले स्थिर सरकार भएका कारण यथार्थ परक ढँगबाट मुलुक अगाडि बढिरहेको हुनाले अब उर्जा क्षेत्रमा पनि विकासले तिव्रता पाउने धारणा राखे । सहसचिव घिमिरेले गुणस्तरीय विजुली वितरण योजनामा मन्त्रालय रहको जनाए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले नेपालमा जलविद्युत क्षेत्रमा विकास र विस्तारमा विद्युत प्राधिकरण अगाडि बढेको जनाए । लामो समयसम्म लोडसेडिङ्गको मारमा परेको नेपाली जनतलाई लोडसेडिङ्गमुक्त गर्न सफल भएको बताउँदै घिसिङ्गले नाजुक अवस्थामा रहेको प्राधिकरणले २ वर्षयता नाफामा जान सफल भएको बताए ।

घिसिङ्गले प्राधिकरणको कयौं चुनौतीहरु रहेको जनाउँदै जलविद्युत विकासका लागि डिष्ट्रिव्यूसन सिस्टम र (इन्भेष्ट) लगानी प्रमुख आवश्यकता भएकाले यस विषयमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले महत्वपूर्ण कार्यहरु अगाडि बढाएको जनाए । विजुलीका तार झर्ने कारण वर्षेनी कयौं व्यक्तिहरुको मृत्यु भईरहेकोले सुरक्षाका लागि तारका पोलहरु हटाउनेतर्फ प्राधिकरण अगाडि बढेको जनाए ।

पत्रकार तथा जलविद्युतसम्बन्धी जानकार विकास थापाले नेपालका उपल्लो तहका व्यक्तिहरु नै लाइसेन्स वितरण गरि कमिसन लिने खेलमा लागेका कारण जलविद्युत क्षेत्रमा फड्को मार्न नसकेको दाबी गरे ।

उनले नेपालका मन्त्री तथा उपल्लो तहका सरकारी अधिकारीहरु विदेशी कम्पनीको प्रलोभनमा परेर लाइसेन्स दिएपनि उत्पादनमा भने ध्यान दिन नसक्दा नेपालीहरु लामो समयसम्म लोडसेडिङ्गको मार खेप्नुपरेको बताए । नेपालमा रहेका जलाशययुक्त आयोजनाहरुमा बैदेशिक लगानी भित्र्याएर भएपनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने तर्क गर्दै उनले अब नेपालले आयात होइन निर्णय गर्नुपर्ने धारणा राखे ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले हामी जलविद्युत क्षेत्रमा आत्मनिर्भर हुँदै विदेशमा निर्यात गर्ने स्रोत भएपनि विविध कारणले हामीले विदेशमा विद्युत खरिद गर्नुपर्ने दयनीय अवस्था रहेको जनाउँदै यस्तो समस्या समाधान गर्नको लागि सरकारले उपयुक्त कदम चाल्नुपर्ने बताए ।

जलउर्जामा फड्को मार्न सके मुलुक सम्बृद्धितर्फ लाग्न सक्छ भन्दै चौलागाई्रले मुलुकलाई सम्बृद्धितर्फ लैजाने हो भने जल उर्जा क्षेत्रको विकासमा नीतिगत रुपमै सुधार गरी लैजानु आवश्यक रहेको जनाए । उक्त कार्यक्रममा सौर्य विद्युत उत्पादन संघका किरण गौतम र बर्मा सरकारका उर्जा सल्लाहकार मधुसुदन अधिकारीलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७५ आश्विन १, ०८: १७

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ आश्विन १, ०८: १७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ आश्विन १, ०८: १७

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...