राष्ट्रिय क्रिकेट टीमकाे कप्तान परिवर्तन गर्ने अधिकार क्यानसंग छः मुख्य प्रशिक्षक दसानायके – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

राष्ट्रिय क्रिकेट टीमकाे कप्तान परिवर्तन गर्ने अधिकार क्यानसंग छः मुख्य प्रशिक्षक दसानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको स्पष्ट पार्नुभएको छ ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताउँदै आफुले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेकोले हाल क्यानले पनि कप्तान परिवर्तनमा चासो नदिएको बताए ।

गत मंसिरमा क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई चयन गरेको थियो । प्रशिक्षक पुबुदुले आफ्नो ध्यान विश्वकप छनोटमा केन्द्रीत रहेको र यसका लागि ३० खेलाडी छनोट गर्न खेलाडीहरुलाई क्याम्पमा बोलाउने बताए ।

दुई चरणमा क्याम्प आयोजना गर्ने बताउँदै पुबुदुले छनोट अघि केहि सिरिजका लागि छलफल भएको समेत बताए । मुख्य प्रशिक्षक दशानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुशी लागेको बताएका थिए ।

नेपाली युवा खेलाडीमा खेल प्रति लगाव रहेको भन्दै मुख्य प्रशिक्षक दशानायकेले अरु एसोसिएट देशमा यस्तो नदेखिएको टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७८ पुष १५, १७: ३९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ पुष १५, १७: ३९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ पुष १५, १७: ३९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...