
काठमाडौं । एक सातामा कोरोना संक्रमण दर दोब्बरले बढेको देखिएको छ । दोस्रो लहरपछि बालबालिकामा पनि दैनिक कोरोना संक्रमण दर उकालोतर्फ लागेको छ । १८ वर्षमुनिका एक सय १६ बालबालिकामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत सातादेखि बालबालिकामा कोरोना संक्रमण उकालो लागेको मन्त्रालयले जनाएको छ । ‘ओमिक्रोन’ फैलिएसँगै नेपालमा संक्रमण दर बढिरहेका बेला बालबालिकामा पनि संक्रमण दोब्बरले बढिरहेको छ । सोमबार मात्रै एक सय १६ जना बालबालिका संक्रमित भएको तथ्य सार्वजनिक भएको हो ।
ओमिक्रोन फैलिएसँगै देशभर बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै आइतबार ७५ , शनिबार ६७ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टी भएको छ ।
कोभिडको दोस्रो लहरपछि १२ वर्षमुनिका बालबालिका खोपको पहुँचमा नभएको र ओमिक्रोन बालबालिकामा बढी देखिने दरका कारण संक्रमण दिनानुदिन बढिरहेको चिकित्सकको ठम्याइ छ । मन्त्रालयका अनुसार १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख २५ हजार ४ सय आठ बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् ।
संक्रमण बढेसँगै बालबालिका खोप कार्यक्रममा तीव्रता दिइएको भन्दै स्वास्थ्य मन्त्रालयले मंगलबारदेखि उपत्यकामा बालबालिकालाई फाइजर र मोडर्ना खोप दिन लागिएको जनाएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...