
काठमाडौ । शुक्रबार थप ५ हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल २० हजार ५ सय ६० वटा नमुना परीक्षणमा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको हो ।
मन्त्रालयका अनुसार १३ हजार ४ सय ७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टीजेन विधिबाट परीक्षणको क्रममा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३०६ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् भने थप तीन जनाको निधन भएको छ । शुक्रबार थपिएसंगै हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १ सय ८ जना पुगेको मन्त्रालयको तथ्याकंमा उल्लेख रहेको छ ।
त्यस्तै देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ६ सय ५३ जना पुगेको छ भने मृतकको कुल संख्या ११ हजार ६ सय १३ रहेको छ ।
मन्त्रालयका अनुसार देशभर १८ हजार २ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । यस मध्यमा १७ हजार २ सय ९१ जना होम आईसोलेसनमा, ९ सय ४४ जना संस्थागत आईसोलेसनमा, १११ जना आई.सी.युमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
उपत्यकामा कोरोनाको अवस्था
शुक्रबार थपिएका कूल संक्रमित मध्य काठमाडौं जिल्लामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा ३ सय १७ जना, ललितपुरमा ३ सय ७७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
बालबालिकाहरुमा संक्रमण
पछिल्लो साताहरुमा बालबालिकाहरुमा पनि कोरोना संक्रमण वृद्धि भइरहेको छ । त्यस्तै १० वर्ष भन्दा कम उमेर समूहमा ६१ जनामा संक्रमण भएको छ भने ११–२० उमेर समूहमा ३५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याकं रहेको छ ।
यस्ताे छ विवरण

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...