जेसीजको ३८औं साधारणसभा सम्पन्न – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

जेसीजको ३८औं साधारणसभा सम्पन्न

झापा । झापाको बिर्तामोड–१ स्थित वीरता जेसीजको ३८औं वार्षिक साधारणसभा अज आइतबार बिर्तामोडमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको साधारणसभा तथा शाखा अधिवेशनको उद्घाटन प्रमुख अतिथि गोपालकुमार बस्नेतले गरेका थिए । कार्यक्रममा यसैवर्ष वीरता जेसीजद्वारा अक्षयकोषसहित स्थापित दुई पुरस्कार वितरण गरिएको छ ।

उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका झापा सम्वाददाता लक्ष्मी काफ्ले, दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार संस्थाका पूर्व अध्यक्ष विनोद बस्नेतलाई प्रदान गरेको छ ।

दुबै पुरस्कारको राशि जनही १५ हजार पाँच रुपैयाँ रहेको छ । उक्त अवसरमा अक्षयकोषका लागि दाता परिवार सावित्रा ढकाल, रेखा घिमिरे र लव घिमिरेलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

त्यस्तै प्रविधिको प्रयोगसहित शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख कृष्णप्रसाद कोइराला र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईलाई सम्मानपत्रसहित सम्मान प्रदान गरियो ।

प्रमुख अतिथि बस्नेत दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल र अध्यक्ष गिरीले उक्त सम्मान प्रदान गरेका थिए । त्यस्तै वीरता जेसीजले इलामको रोङ–६ सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा पुर्याउन एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक हर्कलाल गिरीले उक्त कम्प्युटर ग्रहण गरेका थिए ।

त्यस्तै भद्रपुर जेसीजको भवन निर्माणका लागि वीरता जेसीजले ११ हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेको छ । भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल र पूर्व अध्यक्ष रमेश पोखरेललाई उक्त रकम हस्तान्तरण गरेको छ ।

वीरता जेसीजसँग विभिन्न कार्यक्रममा सहकार्य गर्ने संस्था, सहयोगी दाता, संयोजकको पदमा रहेर आफ्नै अगुवाईमा कार्यक्रम सम्पन्न गर्ने संयोजकहरु तथा दुर्घटना न्यूनीकरण महाअभियानमा सहयोग गर्नेहरुलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो । वीरता जेसीजको अधिवेशनबाट सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया पनि शुरु भएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ पुष १, ०५: १०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ पुष १, ०५: १०

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ पुष १, ०५: १०

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...