पत्रकार महासंघको विराटनगर घोषणापत्र – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

पत्रकार महासंघको विराटनगर घोषणापत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतिथ्यतामा पौष ५ गते विराटनगरमा सम्पन्न भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका सम्मेलनले १८ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रेसमैत्री ऐन कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले कार्यपत्र पेस गर्दै संविधान र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुनको मर्म, भावना र व्यवस्था अनुसार तीनै तहका सरकारले कानुन बनाउनुपर्ने धारणा राखे । अर्का पूर्व अध्यक्ष तथा महासंघका सल्लाहकार शिव गाउँलेले कार्यपत्र पेस गर्दै सञ्चार क्षेत्रले राज्यको वाच डगको रुपमा काम गर्नुपर्ने बताए ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन र प्रेस स्वतन्त्रताका लागि महासंघले कसैसँग सम्झौता नगरी दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरे । सम्मेलनबाट सर्वसहमत रुपमा पारित घोषणापत्र ः जस्ताको त्यस्तै

१. नेपालको संविधान २०७२ मा उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र भएका व्यवस्था अनुसार कानुन निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ । साथै, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न पनि माग गरिन्छ ।
२. फौजदारी मूलुकी संहिता ऐन र देवानी मूलुकी संहिता ऐन २०७४ मा प्रेसमाथि अंकुश लगाउने केही प्रावधान रहेकोमा संविधानसँग बाझिएका ती प्रेस स्वतन्त्रता बिरोधी सम्पूर्ण प्रावधान खारेज गर्न माग गर्दछ ।
३. योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सञ्चार गृह अनिवार्य सूचीकृत गर्नुपर्ने प्रणालीमा जान यो सम्मेलन निर्देश गर्दछ ।
४. अनलाइन सञ्चार माध्यमलाई नियमन गदैं अनलाइन सञ्चार माध्यममा प्रकासित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७÷४८ अनुसार कठोर कारबाही गर्ने गरेकोमा आपत्ती जनाउँदै नियमनकारी निकाय प्रेस काउन्सिल मार्फत नै आवश्यक प्रक्रिया अगाडि बढाउन तथा ऐनको सो दफा खारेज गर्न माग गर्दछ ।
५. सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय गरिए पनि अधिकतर सञ्चार गृहबाट पत्रकारलाई तोकिए अनुसार सेवा सुविधा नदिएको हुँदा घोषित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन माग गर्दछ । अन्यथा नेपाल पत्रकार महासंघको अगुवाईमा श्रमजिवी पत्रकार ऐन लागू गर्न÷गराउन देशव्यापी आन्दोलन गर्ने यो सम्मेलन प्रण गर्दछ । साथै, सञ्चार गृहमा कार्यरत पत्रकारले प्रयोग गर्ने सञ्चार उपकरण क्यामेरा, रेकर्डरलगायतका सञ्चार उपकरण सञ्चारगृहले नै उपलब्ध गराउन यो सम्मेलन माग गर्दछ ।
६. कम्तिमा एक वर्ष कार्यावधि पूरा गरेका क्रियासिल स्ट्रीन्जरलाई क्रमशः करार, अस्थायी र स्थायी गरी बृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम तथा कार्ययोजना तयार पार्न केन्द्रीय समितिलाई निर्देश गर्छ ।
७. आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध संघसंस्थालाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता, अल्पसंख्यक, पिछडावर्ग लगायतलाई पूर्ण समावेसी बनाउन यो राष्ट्रिय सम्मेलन प्रण गर्दछ ।
८. नेपाल पत्रकार महासंघमा आबद्ध सदस्यता शुद्धीकरण गरि संघीयताको मर्म अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा जान राष्ट्रिय सम्मेलन निर्देश गर्दछ । केन्द्रीय÷प्रदेश पार्षदको व्यवस्था हटाई केन्द्रको हकमा केन्द्रीय समितिका सवै, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला÷प्रतिष्ठान÷एशोसिएट कमिटीको अध्यक्ष सम्मिलित राष्ट्रिय परिषद गठन गर्न तथा प्रदेश परिषदको हकमा प्रदेश कमिटीका सवै र जिल्ला÷प्रतिष्ठान÷एशोसिएट कमिटीका पदाधिकारी सम्मिलित प्रदेश परिषदको व्यवस्था गर्न यो सम्मेलन सहमत छ । साथै, केन्द्रले परिषदको कुल संख्याको दस प्रतिशत प्रादेशिक समानुपातिक ढंगले मनोनित गर्न पाउने व्यवस्था गर्न सम्मेलन माग गर्दछ । साथै, सवै साधारण सदस्यहरुले मतदान गर्न पाउने गरि शाखा÷प्रदेश र केन्द्र तीनै तहको लागि एकै दिन निर्वाचन गर्ने वातावरण सृजना गर्न केन्द्रीय कमिटीलाई निर्देश गर्दछ ।
९. हाल प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन दोब्बर गरि भूक्तानी र प्रेस पास वितरणको व्यवस्था जिल्ला तहबाटै गर्न, पत्रपत्रिकाको वर्गीकरण प्रदेशस्तरबाटै गर्न र स्थानीय तथा साना लगानीसँगै स्वरोजगारमुखी मिडिया प्रबद्र्धन गर्न स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न जोडदार माग गर्दछ ।
१०. पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धानका लागि प्रदेशस्तरमै आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने प्रण गर्दछ ।
११. प्रादेशिक स्तरमा पनि सूचना तथा प्रसारण विभाग, सूचना आयोग र प्रेस काउन्सिलको कार्यालय स्थापना गर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गर्दछ । त्यस्ता निकाय स्थापना गर्दा पत्रकार महासंघको समेत समन्वयमा स्वतन्त्र, स्वायत्त, प्राज्ञिक व्यक्तित्व र सम्बन्धित क्षेत्रको हुनुपर्ने कानुन व्यवस्था गरियोस् ।
१२. पत्रकार महासंघमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई दुर्घटना तथा स्वास्थ्य बीमाको अनिवार्य व्यवस्था गर्न र त्यस्तो व्यवस्था गर्दा सूचना विभागले उपलब्ध गराएको प्रेस पास नभएका व्यक्तिको हकमा पत्रकार महासंघको सिफारिसबाट हुने व्यवस्था गरियोस् ।
१३. पत्रकार महासंघको नयाँ सदस्यता वितरण गर्दा निरन्तर सक्रिय, मिडियामा आबद्ध, पत्रकारितालाई मूल पेसा बनाएकालाई मात्र सदस्यता प्रदान गर्न तथा नवीकरण गर्दा निस्क्रिय रहेका, वैदेशिक रोजगारीमा गएका, राजनीतिक दलका पूर्णकालिन कार्यकर्ता, स्थानीय÷प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार बनेका र सरकारी सेवामा रहेकाको सदस्यता खारेज गरि शुद्धीकरण कार्यान्वयन गर्ने प्रण गर्दछ ।
१४. पछिल्लो समय पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गरि प्रलोभनमा पार्ने प्रवृत्ति बढ्दै गएकोले त्यसतर्फ पत्रकारलाई सचेत भई सम्मान÷पुरस्कार दिने संस्था र त्यस सम्मान÷पुरस्कारको महत्व हेरेर मात्र ग्रहण गर्न आह्वान गरिन्छ ।
१५. केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी र सदस्यहरुको पदीय मर्यादाक्रम निर्धारण तथा कार्यविधिमै कर्तब्य र दायित्व पनि उल्लेख गर्न केन्द्रीय समितिलाई निर्देश गर्दछ ।
१६. नेपाल पत्रकार महासंघको प्रदेश समिति÷शाखा÷प्रतिष्ठान तथा एशोसिएटले वार्षिक रुपमा अनिवार्य लेखा परीक्षण गरि आर्थिक हिसाव चुस्त दुरुस्त राख्न आह्वान गरिन्छ । साथै, साधारण सदस्यले सदस्यता नवीकरण विधानमा भएको व्यवस्था अनुसार समयभित्रै गर्न यो सम्मेलन आह्वान गर्दछ ।
१७. प्रदेश नं. १ लाई पर्यटन गन्तब्य बनाउन तथा विराटनगरको औद्योगिक तथा ऐतिहासिक महत्वलाई कायम गदैं यसको विकास र प्रबद्र्धनमा जोड दिन सरकारसँग यो सम्मेलन विशेष आग्रह गर्दछ ।
१८. यो सम्मेलन सफल पार्न संयोजन गर्ने नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समिति तथा सक्रिय रुपमा सहभागी भई आर्थिक, भौतिक र व्यवस्थापकीय सहयोग गर्ने झापा, इलाम, सुनसरी, मोरङ, संखुवासभा, प्रदेश सरकार, विराटनगर महानगरपालिकासहित सम्पूर्ण संघसंस्थामा यो सम्मेलन हार्दिक आभार समेत व्यक्त गरेको महासंघका महासचिव रमेश विष्ठद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ पुष ९, ०७: ५१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ पुष ९, ०७: ५१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ पुष ९, ०७: ५१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...