
बीरगञ्ज । बीरगञ्जको टाउन हलमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनका प्रमुखअतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरुलाई सरकारले सक्दो सहयोग गर्दै आएको र निजि उद्योगहरुले गर्दा नेपालको आर्थिक क्षेत्रमा ठूलो सहयोग पुगेकोे हुदा नेपाली काँग्रेसको सरकारले निजि क्षेत्रका उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गरेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारले निजी क्षेत्रलाई नेपालमा लगानी गर्ने वातावरण सृजना गरी उद्योगहरुको विकास गरी नेपालमै रोजगारी सृजना गर्न सके देश विकासमा टेवा पुग्ने बताए । उनले देशमा जति ठूला उद्योगहरु खुल्दै गए देशमा नै रोजगारीको व्यवस्था हुने र अहिले जसरी रोजगारीका लागि विदेश जान पर्ने बाध्यताको अन्त्य हुने बताए । अद्योग व्यवसायीहरुलाई विना संकोच नेपालमा लगानी गर्न समेत प्रधानमन्त्री देउवाले आग्रह गरे ।

साना तथा घरेलु उद्योगहरुले नेपालका महिलालाई आत्मनिर्भर बनाउँन सहयोग पुग्ने हुदाँ महिलाहरुलाई आत्मनिर्भर बनाउँन, महिला सशक्तिकरण गर्न र महिलाहरुलाई राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन महिला उद्यमीहरुलाई व्यवसायी संञ्चालन गर्न सरकारलले विना धितो ५ लाखसम्म ऋण दिने व्यवस्था गर्न राष्ट्र बैंकसंग छलफल गरी ऋण सम्बन्धी कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं महाधिवेशन र २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन पनि भएकाले नयाँ नेतृत्वसमेत चयन हुने कार्यक्रम रहेको सम्मेलनमा सहभागि महिला उद्यमी तथा नेपाल मुद्रण उद्योग संघका वरिष्ठ उपाध्यक्ष रिता ढकालले बताइन् ।

देशभरका ६२ जिल्लाहरुबाट १२ हजार महिला उद्यमीहरु रहेको बताइन्छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं महाधिवेशनमा उद्यमीहरुको तर्फबाट ४२५ जना महाअधिवेशन प्रतिनिधिहरु उपस्थित भएका छन् भने सम्मेलन शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ ।
फाेटाे फिचर..



नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...