
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेलमा दुबै टोली उपाधि चुम्ने योजनासहित मैदान उत्रिदै छन् । दिउँसो साढे १२ बजे सुरु हुने खेलमा घरेलु टोली फाइनल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा ३७ रनले जितेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिने दाउमा छ ।
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धात्मक...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान...
काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध...