सधैं मानवसँग खेल्नुपर्ने भएकाले चिकित्सक पेशा बढी च्यालेन्जिङ मानिन्छ: दिलकुमारी गुरुङ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

सधैं मानवसँग खेल्नुपर्ने भएकाले चिकित्सक पेशा बढी च्यालेन्जिङ मानिन्छ: दिलकुमारी गुरुङ

नर्सिङ पेशामा लामो अनुभव बटुलेकी दिलकुमारी गुरुङ ईसान अस्पतालकी नर्सिङ टाइरेक्टर हुन् । उनले प्रहरी अस्पतालमा तीस वर्षे सेवा अवधि पुरा गरेर अहिले ईसान अस्पताल धापासीमा कार्यरत छन् । गुरुङले ईसान अस्पतालमा झन्डै साठीभन्दा माथि नर्सहरुको डाइरेक्टर ‘मेट्रोन’ को भूमिका निर्वाह गरेकी छन् । ‘आमाहरु आफ्नो बच्चा राम्रो हुन्छ भनेर उत्साहका साथ आएका हुन्छन् । तर, कतिपय बच्चाहरु यहीनेर बितेर जान्छन् । त्यतिबेला उनीहरु दुःखी भएको देख्छु । त्यसमा चाहीं यत्रो वर्ष यो क्षेत्रमा काम गर्दा पनि नमजा लाग्छ’, उनी बताउँछिन् । उनै गुरुङ्सँगै बालस्वास्थ्यसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीकाे सम्पादित अंशः

सर्वसाधारणले बुझ्ने भाषामा मेट्रोन भनेको के हो ?
यसलाई नर्सिङ डाइरेक्टर भनिन्छ । यहाँ चाहीं मेट्रोन नै भनेर राखिएको छ ।

इसान बाल तथा महिला अस्पतालमा कति वर्षदेखि कार्यरत हुनुहुन्छ ?
इसानमा सेवा दिन थालेको तीन वर्ष भयो ।

यसभन्दा पहिला कहाँ कार्यरत हुनुहुन्थ्यो ?
यसअघि म प्रहरी अस्पतालमा थिएँ । मैले प्रहरी अस्पतालमा ३० वर्ष सेवा गरेँ । १८ वर्षको उमेरमा सेवा प्रवेश गरेकी थिएँ । त्यहाँ रिटायर्ड भएपछि इसान बाल अस्पतालमा आएकी हुँ ।

सरकारी अस्पतालमा लामो समय सेवा गर्नुभयो, निजीमा आउँदा के फरक पाउनुभयो ?
सरकारी सेवा पार गरेर निजीमा आइरहँदा धेरै फरक पाएँ ।

पैसा मात्रै कि अन्य कुरामा पनि फरक पाउनुभयो ?
पैसा सस्तो महंगो मात्रै होइन । धेरै कुरामा फरक पाएँ । पुलिस फोर्समा चाहीं नीति, नियमहरु माथिबाटै अडर्र भएर आएको हुन्छ । त्यो नीतिनियमको बाउन्ड्रीभित्र बाँधिएर काम गर्नुपर्ने हुन्छ । माथिको प्लानिङ के के आउँछ त्यसको अधिनमा रहेर काम गरिन्थ्यो । सरकारीमा माथिको नियम अनुसार मात्रै चल्नुपर्ने हुन्छ । प्राइभेटमा त्यस्तो हुँदैन ।

निजी क्षेत्रमा आफ्ना कुराहरु कसरी लागु गर्न सकिन्छ र किन ?
निजीमा आफ्नो कुराहरु लागु गर्न सकिन्छ । त्यसको लागि पहिला प्लानिङ चाहीं गर्नुपर्छ । आफ्ना नियम लागु गर्नको लागि पहिला बसेर छलफल, सरसल्लाह गरेर उचित ठानिएपछि त्यसलाई लागु गरिन्छ । त्यसैले पनि निजी र सरकारीमा धेरै फरक छ भनिएको हो । सरकारमा जे अडर्र आउँछ त्यसलाई मात्रै मान्दा हुन्छ । निजीमा राम्रो प्लानिङ जसले ल्याएपनि संस्थाको हितमा छ भने लागु गर्न सकिन्छ ।

तपाईंको नेतृत्वमा कतिजना नर्सहरु हुनुहुन्छ ?
अहिले यहाँ मलगायत स्टाफ नर्सहरु ६० जना छौं ।

ती ६० जना सबै पूर्णकालीन सेवामा छन् कि पार्टटाइम पनि छन् ?
यहाँ कार्यरत ६० जनामा सबै पूmल टाइम नै छौं । पहिला म आउनुअघि पार्ट टाइम पनि राखिएको रहेछ । त्यसरी पार्ट टाइम नर्सहरु राख्दा प्राइभेट अस्पतालको सेवामा हेम्पर पर्छ । टार्ट टाइम काम गर्नेहरु धेरै ठाउँमा काम गरेर थाकेर आएका हुन्छन् । त्यसले काममा जुन खालको पर्फमेन्स दिनुपर्ने हो त्यो दिन सक्दैनन् । त्यसले उनीहरुबाट खासै आउटपुट पनि आउँदैन ।

त्यसलाई मध्येनजर गरेर पार्टटाइम नर्सलाई रिड्यूस गरेर अलरेडी फुलटाइम ६० जना स्टाफ स्टाफ नर्सहरु छौं । अब फेरि १५ जनाको अन्तर्वार्ता लिइसकेका छौं । उहाँहरु आइसकेपछि ८० जना हुन्छौं । प्यासेन्टको चाप हेर्दा त्यसमाथि अभै अपुग हुने सम्भावना छ । केही दिनमै ८० जना हाराहारी स्टाफ नर्स हुन्छौं ।

नर्सिङ पेशा कत्तिको च्यालेन्जिङ छ ?
नर्सिङ धेरै च्यालेन्जिङ पेशा हो । हुन त कामहरु आ–आफ्नो क्षेत्रमा सबै च्यालेन्जिङ नै हुन्छन् । त्यसमा नर्सिङ अझ बढी सम्वेदनशील पेशा हो । किन भने यो मानवसँग खेल्ने पेशा भएकाले यसलाई बढी च्यालेन्जिङ पेशा मानिएको हो । अन्य पेशाभन्दा यसमा मानव अंग र शरीरिसँग खेल्नुपर्ने भएकाले एकदमै डिबोटेड भएर गर्नुपर्छ ।

अहिलेको जेनेरेसनमा नर्सिङ पेशालाई हेर्ने दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
हाम्रो जेनेरेसन र अहिलेको जेनेरेसनमा आकास–पत्तालको फरक छ । भन्नाको मतलब अहिलेको पुस्ताले पनि काम नगर्ने होइन गर्छन् । तर, अराएको मात्रै गर्दछन् त्योभन्दा बढी गर्दैनन् । उनीहरुलाई ६ घण्टे, आठ घण्टे ड्युटी हुन्छ, त्यो मात्रै गर्ने गर्दछन् । पहिला चाहीं कस्तो थियो भने समयभन्दा पनि काममा एकदमै डिबोटेड भएर लाग्ने ।

नजानेको कुरा खोजी गर्ने, अग्रजसँग सोध्ने । आपूmभन्दा सिनियरहरुलाई एकदमै गरेर उहाँहरुको अनुभव र सीप आपूm लिन खोज्ने गर्दथ्यौं । अहिलेका जेनेरेसनमा त्यो खालको जाँगर, लगाव देखिँदैन । अहिले देखासेखीमा पढ्नेहरु धेरै छन् । तर, पहिलाकामा जुन किसिमको लगाव, मेहनत, अनुसान थियो । अहिलेका पुस्तामा त्योखाले लगाव, जाँगर कम देखिन्छ ।

किन कम देखिएको जस्तो लाग्छ ?
अहिलेका पुस्तामा नर्सिङ किन पढ्ने भनेर प्रश्न गर्दा उनीहरुको सोझै जवाफ आउँछ विदेश जान । अथवा आमा, बुबाको चाहनाले पढिदिएको भन्ने उत्तर धेरैबाट आउँछ । त्यसमा केही प्रतिशतले चाहीं आफ्नै चाहना, इच्छाले दुःख गरेर पढ्ने गरेको पाइन्छ ।

नयाँ पुस्तालाई काम गराउन कस्ता च्यालेन्जहरु छन् ?
यसमा धेरै च्यालेन्जहरु छन् । अहिलेका पुस्तालाई गाली गरेर, रिसाएर, वाध्य पारेर काम लिनै सकिँदैन । यो काम गर भनेको भरले काम गर्दैनन् । बहिनी तपाईंले यो काम गर्नुभयो भनेर सम्झाउनुपर्छ । उनीहरुलाई हामीले काम लगाउँदा तपाईंले फलानो बिरामीको परिवार, विरामीको मनोविज्ञान बुझेर काम गर्नुभयो भनेर सम्झाउनुपर्छ । बच्चा र ठूला मान्छेको उपचार गर्दा धेरै फरक छ ।

किन फरक भएको जस्तो लाग्छ ?
ठूला मान्छेले आफ्नो समस्या भन्न सक्छन् । बच्चाले उसलाई कहाँनेर समस्या छ भनेर भन्न सक्दैन । त्यसैले रहेक कुरामा उसको बनोविज्ञान बुझेर, ऊसँग नजिक भएर उपचार थाल्नुपर्छ । ठूला मान्छेको उपचार गर्दा समस्याका बारेमा नर्सलाई बुझ्न सजिलो हुन्छ । बच्चाको उपचारमा आपूmले धेरै नजिकबाट नियाल्नुपर्छ, त्यसकारण पनि धेरै अन्तर भएको हो ।

निजी अस्पतालहरुमा कामको सम्वेदनशीलताको आधारमा नर्सहरुको तलब एकदमै कम भयो भन्ने छ यसलाई कसरी लिनुभएको छ ?
इसान अस्पताल अरु प्राइभेटभन्दा धेरै राम्रो छ । यहाँ हामीलाई नागरिक लगानी कोषको व्यवस्था पनि छ । उपदानको व्यवस्था पनि गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षा कोसको पनि व्यवस्था गरिएको छ । यहाँबाट पाउने तलब, सुविधाले राम्रोसँग काठमाडौंमा सर्भाइभ गर्न सक्छन् ।

तर, अरुमा के छ मलाई थाहा भएन । इसानमा चाहीं एक वर्ष काम नगरिकन एक्सपेरियन्स लेटर दिइँदैन । त्यसको लागि एक वर्ष काम गर्नैपर्छ । त्यो कुरा हामीले अन्तर्वार्तामै भनेका हुन्छौं ।

इसान अस्पतालमा तपाईंको तीन वर्षे अनुभव कस्तो छ ?
यसअघि मैले फोर्समा काम गरेर आएको हो । त्यहाँ ‘ल एन्ड अर्डर’ हुन्छ । तर, यहाँ काम गर्दा भिन्दै मीठास हुन्छ । पुलिसमा काम गर्दा आफूभन्दा सिनियर आउनेबित्तिकै ‘जय नेपाल सर’ भन्नुपथ्र्यो । तर, यहाँ काम गर्दा त्यस्तो हुँदैन । सिनियर, जुनियर जो आएपनि पेशा त त्यही हो । तर, प्रहरी अस्पतालमा काम गर्दा यहाँ काम गर्दा छुट्टै मजा छ ।

काम गर्ने क्रममा कतिपय बच्चा जन्माउन आउँछन् । कतिपयले बच्चा राम्रो होस् भनेर खुसी लिएर आएका हुन्छन् । उनीहरु राम्रो भएर जाँदा खुसी भएको देख्छु । कतिका बच्चाहरु यहीनेर बितेर जान्छन् । त्यतिबेला उनीहरु दुःखी भएको देख्छु । त्यसमा चाहीं यत्रो वर्ष यो क्षेत्रमा काम गर्दा पनि नमजा लाग्छ ।

प्रहरी अस्पतालमा कडा अनुसासनमा काम गरेर आउनुभयो, अरुलाई पनि त्यस्तै अनुसासनमा राख्नुपर्छ भन्ने लाग्दैन ?

त्यस्तो लाग्दैन । अनुसासन त हरेक ठाउँमा चाहिन्छ । घरमै पनि अनुसान चाहिन्छ । घरका गार्जेनलाई रेक्सपेक्ट गर्छन् गर्दैनन्, जुनियरलाई माया गर्छन् गर्दैनन्, त्यस्तै हो ।

फोर्समा जागिर खानेहरुले परिवार र अन्यसँग पनि त्यस्तै खोज्छन् भनिन्छ नि ?
अन्यमा होला स्वास्थ्यमा त्यस्ता कुरा पच्दैन । मैले त्यहाँ ३० वर्ष सेवा गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न गण, गुल्महरुमा तालिम गराउन, पढाउन गइयो । तर, मलाई कहिल्यै पनि म त फोर्सको मान्छे एकदमै मानसम्मान चाहिन्छ भन्ने लागेन ।

नयाँ बिल्डिङ सरिसकेपछिको नयाँ प्लान के छ ?
नयाँ ठाउँमा आइसकेपछि सर्भिसलाई पनि परिमार्जित गरेर सुविधासम्पन्न ढंगले गर्न खोजिएको छ । अहिलेका मान्छेहरु पैसालाई भन्दा राम्रो कामलाई महत्व दिन्छन् । त्यसमा क्वान्टिटी होइन, क्वालिटी खोज्छन् । त्यसो भएर यो बिल्डिङमा सरिसकेपछि क्वालिटी नर्सिङ केयरको व्यवस्था गर्ने योजना छ ।

दुखाइदेखि सबैखाले पीडा बोकेर आएकाहरुलाई सर्पोटको लागि काउन्सिलिङको व्यवस्था गर्ने । त्यस्तै फेम्ली प्लानिङ आउनेहरु नबुझेर आइरहेका हुन्छन् । उनीहरुलाई के गर्दा के राम्रो हुन्छ भनेर सम्झाउने । त्यसैगरी सुरक्षित गर्भपतनका कुराहरु छन् । त्यसमा के गर्दा राम्रो हुन्छ भनेर सम्झाउने ।

यी र यस्तै धेरै सुधार गर्नुपर्ने विषय छन् । मेरो पाटोबाट नर्सिङ केयरलाई क्वान्टिटी होइन क्वालिटी सर्भिस दिने नै हो । अहिलेका मान्छेहरु क्वालिटी सर्भिस दिन सकियो भने पैसा खर्च गर्न डराउँदैनन् । मान्छेलाई महंगो भएर केही हुँदैन राम्रो चाहिन्छ ।

सम्बन्धित समाचार

मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
  • २०७९ जेष्ठ २३, २०: ०८

१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार २०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ जेष्ठ २३, २०: ०८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७९ जेष्ठ २३, २०: ०८

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...