सुपर कपकाे भिडन्त आज हुदै – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सुपर कपकाे भिडन्त आज हुदै

एजेन्सी । रियल म्याड्रिडले बुधबार जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टसँग यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। यूएएफए सुपर कप नयाँ सत्रको सुरुवातमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ ।

सो खेल फिनल्यान्डको हेलसिन्कीमा हुनेछ । फिनल्यान्डमा पहिलो पटक यूईएफएको फाइनल हुन लागेको हो । रियल म्याड्रिड पाँचौँ पटक सुपर कप उपाधि जित्ने अभियानमा रहेको छ । रियल म्याड्रिडले सन् २०१७ पछि यो उपाधि हात पार्न सकेको छैन ।

जर्मनीको क्लब फ्रान्कफर्टले पहिलो पटक यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ । युरोपा लिगको फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराएपछि फ्रान्कफर्टले यो प्रतिष्ठित उपाधि भिडन्त गर्ने अवसर प्राप्त गरेको हो ।

गत सत्रमा युरोपा लिग जितेपछि फ्रान्कफर्टको ४२ वर्षपछि युरोपेली उपाधि जित्ने सपना पूरा भएको थियो । यसअघि सन् १९८० मा फ्रान्कफर्टले यूईएफए कप जितेको थियो ।

युरोपा लिग जितेपछि फ्रान्कफर्टले यस पटक च्याम्पियन्स लिग पनि खेल्ने भएको छ । फ्रान्कफर्टले युरोपा कपमा अपराजित रहेर उपाधि जितेको हो । यस सत्रको स्पेनी लिग अर्को हप्ता मात्र सुरु हुनेछ । फ्रान्कफर्टका लागि यो सत्र प्रारम्भ भइसकेको छ ।

सम्बन्धित समाचार

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०७९ श्रावण २५, ०९: ३८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण २५, ०९: ३८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ श्रावण २५, ०९: ३८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...