एजेन्सी । पाँच खेलको टी (२०) आई सिरिज खेल्न केन्याको राजधानी नैरोबी पुगेको नेपाली राष्ट्रिय टोलीले आज पहिलो खेल खेल्दैछ । नेपाली पौने चार बजेबाट शुरु हुने खेलमा नेपालले केन्यासँग प्रतिष्पर्धा गर्नेछ ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले अनुभव बटुल्नका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । युवा र नयाँ खेलाडीले भरिएको टोलीलाई केन्या भ्रमण एक्स्पोजरको रुपमा पनि हेरिएको छ भने नवनियुक्त प्रशिक्षक मनोज प्रभाकारको पनि महत्वपुर्ण भुमिका हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकालेर सुखद् शुरुवातको योजनामा रहेका छन् ।
पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–२० भोलि, तेस्रो आइतबार, चौथो सोमबार र पाँचौ तथा अन्तिम टी–२० मंगलबार हुने तालिका रहेको छ । टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...