नयाँ दिल्ली। यूएईमा चलिरहेको टी २० सियाकप क्रिकेट हेर्न पुगेका एक भारतीय युवालाई ज्यान मार्ने धम्की आएको छ । पाकिस्तानको जर्सी लगाएको भन्दै युवालाई ज्यान मार्ने धम्की आएको हो ।
संयम जयसवाल नाम गरेका युवा भारतको बरेलीबाट सियाकपमा भारत र पाकिस्तानको खेल हेर्नकै लागि दुबई पुगेका lyP . स्टेडियमको बाहिर पुग्दा उनले भारतको जर्सी किन्न खोजे तर भारतको जर्सी कतै पाएनन् ।
उनले अन्तमा पाकिस्तानको जर्सी किनेर लगाए । पाकिस्तानको जर्सीमा भारतीय झण्डा हातमा लिएर उनले तश्वीर खिचे । उनले यो तश्वीर आफ्नो साथीलाई मात्रै पठाएका थिए ।
तर साथीले तश्वीर सामाजिक सञ्जालमा राखेर भाइरल बनाइदिए । पाकिस्तानको जर्सी लगाएर तश्वीर खिच्ने काम उनलाई यो काम निकै भारी पर्यो । जयसवालले आफूलाई दिनदिनै ज्यान मार्ने धम्की आईरहेको बताएका छन् ।
बरेली प्रहरीमा युवामाथी एफआईआर दर्ता गरेर पक्राउ गर्नपर्ने माग उठेको छ । तर बरेलीका प्रहरी एसएसपी सत्यार्थ अनिरुद्र पंकजले यसलाई अर्कै देशमा भएको सामान्य घटना भएको र ट्वीटरमा फोटो देखिएकै भरमा युवामाथि आरोप दर्ता गर्न नसकिने बताएका छन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...