एजेन्सी । सिंगापुरमा जन्मिएका आक्रामक ब्याटर टिम डेविडलाई समावेश गर्दै अस्ट्रेलियाले आफ्नो भूमिमा हुने ट्वान्टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ ।
गत वर्ष उपाधि जितेको टोलीबाट अस्ट्रेलियाली टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । त्यसमा डेबिडले स्थान बनाएका हुन् । डेविडलाई लेग स्पिनर मिचेल स्विपसनको स्थानमा ल्याइएको छ ।
विश्वभरका घरेलु क्रिकेटमा २६ वर्षे डेविड व्यक्तिगत प्रदर्शनबाट छुट्टै पहिचान बनाउँदै अस्ट्रेलियाको टोलीमा परेका हुन् ।
‘विश्वभरका लिगमा उच्चस्तरको प्रदर्शन दिएर टिमले आफ्नो जग बलियो बनाएका थिए । जसका कारण उनलाई टिममा समावेश गरिएको हो ।
अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ उनका प्रशंसक हुन् । ‘
उनी वास्तवमा त्यस्ता खेलाडी हुन्, जसको प्रयासमा विश्वकप जित्न सकिन्छ,पोन्टिङले हालै डेविडबारे भनेका थिए । सन् २०२२ को आईपीएल अक्सनमा डेविडलाई मुम्बई इन्डियन्सले लिएको थियो ।
अस्ट्रेलियाको मध्यक्रमको ब्याटिङमा अरू पनि उच्चस्तरीय खेलाडी छन् तर पछिल्लो दुई वर्ष हेर्ने हो भने उनीजस्ता राम्रा अरू छैनन् । गत वर्ष यूएईमा अस्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउँदा स्विपसन प्रमुख खेलाडी रहेका थिए ।
अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । गल्फको विकेटमा स्पिन प्रभावकारी बनेको थियो । अस्ट्रेलियाको ब्याटिङ कन्डिसनमा डेबिड अझ उपयोगी हुने विश्वाससहित उनलाई स्विपसनकै स्थानमा ल्याइएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...