नवौं राष्ट्रिय खेलकुदः ८८ स्वर्ण जित्दै आर्मी अग्रस्थानमा – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

नवौं राष्ट्रिय खेलकुदः ८८ स्वर्ण जित्दै आर्मी अग्रस्थानमा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिनसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो ।

आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक जितेको छ। दोस्रो स्थानमा नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ।

त्यस्तै अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात पारेको छ। गण्डकी प्रदेशले १६ स्वर्ण १५ रजत र ३० कास्यसहित ६१ पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित कुल ७४ पदक जितेको छ ।

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्य सहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्य सहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र ११९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ४९ पदक जितेका छन् ।

लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य सहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित ६ पदक हात पारेको छ। असोज २८ बाट औपचारिक उद्घाटन भएको खेलको भोलि समापन हुनेछ।

प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोली सहभागी छन् । ४ सय ४ स्वर्ण, रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

सम्बन्धित समाचार

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७९ कार्तिक २, ०८: ०९

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०७९ कार्तिक २, ०८: ०९

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०७९ कार्तिक २, ०८: ०९

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...