खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । तर खेलकुद क्षेत्रमा सरकारले व्यवस्थित बनाउन नसकेको गुनासो उठिरहेको छ ।

चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न अनुरोध गरे ।

प्रतियोगिताको दौरानमा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएकोमा खेलाडीलाई धन्यवाद दिए ।

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७९ कार्तिक ४, ०८: ११

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
  • २०७९ कार्तिक ४, ०८: ११

काठमाडौं : भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज...

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु
नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु
  • २०७९ कार्तिक ४, ०८: ११

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र...