गाई काट्ने चार जना पक्राउ – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

गाई काट्ने चार जना पक्राउ

गुल्मी । गाई काट्ने चार जना पक्राउ परेका छन् ।

शुक्रबार राति मालिका गाउँपालिका.२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप बहादुर रसाइली र ३५ वर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले बताए ।

दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो ।

सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको उनको भनाइ छ ।थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

नेटा दर्लिङ्गमा गाई काट्ने बिषय सामान्य हो । बिगतमा पनि त्यस स्थानमा गाई काटेको आरोपमा धेरै व्यक्ति पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७९ कार्तिक ५, ०८: ३०

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति
  • २०७९ कार्तिक ५, ०८: ३०

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...

भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
  • २०७९ कार्तिक ५, ०८: ३०

काठमाडौं : रसुवास्थित भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको...