
काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । निमोनियाका कारण एक सातादेखि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी उनकै निवास कालिकास्थान ल्याइएको थियो ।
निवासमा शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मृगौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
माधवी, ‘ऋग्वेद ःकेही प्रमुख सूक्त’, ग्यास च्याम्बरको मृत्यु, लगायत ४६ कृति लेखेका मदनमणीले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।
श्रीमती, तीन छोरा र एक छोरी रहेका दिक्षीत वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्ने लेखक थिए । २०१६ सालमा समीक्षा पत्रिकाका माध्यमबाट पत्रकारितामा नाम कमाएका दिक्षीतले माधवी उपन्यास लेखेका थिए ।
माड्साबको उपनामले चिनिने दीक्षितले साहित्य र पत्रकारिता जीवनका क्रममा राजा महेन्द्र र वीरेन्द्र, नेताहरू विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, विश्वबन्धु थापा, डा तुल्सी गिरी आदिसँगका संवाद र उठबसलाई दीक्षितले अन्तर्वार्ता र स्मरणका माध्यमबाट सार्वजनिक गर्दै आएका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका दीक्षितका माधवीका साथै द्रौपदी, अहिल्या जस्ता ४५ भन्दा बढी कृति प्रकाशित छन् । उनको माधवीले विसं २०३९ मा मदन पुरस्कार प्राप्त गरेको थियो । उनका चरैवेति, त्यो युग, हाम्रा ती दिन र म रुँदै बिर्सन्छु निवन्ध, बर्लिन डायरीका पाना यात्रावर्णन, लाखौंँ शिशुहरू लिफ्ट मागिरहेछन, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हा¥र्यो जस्ता कथा, दश लाख हिरोसिमातिर, जीवन महाअभियान, ऋग्वेदः केही प्रमुख सूक्त, मेरी नीलिमा र ‘भूमिसूक्त आदि पुस्तक प्रकाशित छन् ।
दीक्षितलाई श्रद्धाञ्जलिका लागि उनको शव कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी भए पनि निवास कालिस्थानमै श्रद्धाञ्जलिका लागि राखियो । केहीले प्रतिष्ठानको परिसरमा दीक्षितको शव राख्न पहल गरेका थिए । तर, दीक्षितले जीवित छँदा आफ्नो शव त्यहाँ नराख्नू भनेकाले कमलादीमा नराखिएको जनाए ।
प्रतिष्ठानले केही वर्षअघि कुनै पनि दिवङ्गत स्रष्टाको शव आफ्नो परिसरमा नराख्ने निर्णय गरेको थियो । प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले दीक्षित प्रतिष्ठानकै पूर्वउपकुलपति भएको र प्रधानमन्त्री ओलीबाटै शव सो परिसरमा राख्न निर्देशन दिए पनि परिवारको चाहनाबमोजिम नराखिएको बताए ।
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...