काठमाडौं । देशकै ठूलो वीर अस्पतालको खरिद एकाई मेडिकल माफियाको योजना र दवावमा परेकाे पुष्टि भएको छ ।
शुक्रबार वीर अस्पतालबाट फाइल उठाएर गठन भएको खरिद एकाईमा नियुक्त गरिएका सदस्य नै विवादित व्यक्ति रहेकाे खुलेकाे छ ।
विवादित नवराज श्रेष्ठलाई खरिद इकाइमा नियुक्ति गरेसंगै कर्मचारी वृत्तमा हलचल मच्चिएको छ ।
विगत देखि नै विवादमा परेका ब्यक्तिलाई नियुक्त गरेकाे अस्पतालका कर्मचारीले बताए । ग्यास्ट्रो मेडिसिन ओपिडीमा रहँदा बिरामीसंग पैसा लिएको आरोप श्रेष्ठमाथि लागेको छ ।
इन्डोस्कोपि, क्लोनस्कोपि गराई सो रकम अस्पताल खातामा जम्मा नगरी लाखौँ अनियमितता गरेकाे सबै कर्मचारी बताउँछन् ।
तर पनि खरिदमा उनलाई नै किन नियुक्त गरियो भनेर वीर अस्पतालका कर्मचारी अचम्मित परेका छन् ।
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...