काठमाडौं । छ महिना भित्र स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरी अस्पतालमा स्वास्थ्यकर्मी र डाक्टर अभाव हुन नदिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
बागलुङ नगरपालिकाले धौलागिरि अस्पताल बागलुङलाई डायलाइसिस मेसिन हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी थप नभएकाेले
देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर अभाव रहेको बताए । अब ६ महिना भित्र दरबन्दी थप गर्न आवश्यक पूर्व तयारी जनशक्ति पूर्तिको काम गर्ने उनले बताए ।
अर्थ मन्त्रालयबाट स्वीकृत लिएर अस्थायी दरबन्दी सिर्जना गर्ने काममा लागेको भन्दै दरबन्दी थप गर्ने बताए ।
उनले धौलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेजको रूपमा अगाडि बढाउन सकिने आश्वासन दिए ।
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...