चिकित्सकको प्रत्यक्ष निगरानीमा सङ्क्रमणमुक्त बालबालिकाको जन्म – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

चिकित्सकको प्रत्यक्ष निगरानीमा सङ्क्रमणमुक्त बालबालिकाको जन्म

बाँके । भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाले सङ्क्रमणमुक्त बालबालिका जन्माईरहेका छन् ।

एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि खुसीको सीमा छैन । उनीहरू निकै उत्साहित भएका छन् ।

चिकित्सकको प्रत्यक्ष निगरानीमा जन्मिएका बालबालिका एचआइभी सङ्क्रमणमुक्त रहेको अस्पतालले जनाएको छ ।

निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि सेवन गरिरहेका सङ्क्रमितको सङ्क्रमणमुक्त शिशु जन्मिरहेको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले बताए ।

चिकित्सकको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका सङ्क्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिने हो ।

अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता सङ्क्रमितबाट जन्मेका १८ महिना भन्दा कम उमेरका ६ जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त छन् ।

भेरी अस्पतालमा २०६२ फागुनमा एआरटी सेवा सुरु भएको थियो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५ सय ७० जना सङ्क्रमित उपचारका लागि नियमित आउने गरेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८० कार्तिक १०, ०९: २६

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० कार्तिक १०, ०९: २६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक १०, ०९: २६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...