विश्वकप छनोटको दोस्रो चरणमा खेल्ने टोलीको घोषणा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

विश्वकप छनोटको दोस्रो चरणमा खेल्ने टोलीको घोषणा

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने
नेपाली टोलीको घोषणा गरेको छ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने टिमको घोषणा गरेका हुन् । आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल हुदैछ ।

नेपाली टिम आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ । एन्फाले शुक्रबार यूएई जाने नेपाली टिमको बिदाई गरेका थियो । चोटका कारण डिफेन्डर अनन्त तामाङ भने राष्ट्रिय टिम बाहिर परेका छन् ।

किरण चेम्जोङको कप्तानी रहने नेपाली टिममा दिप कार्की र अभिषेक बरालले गोलपोस्ट सम्हाल्नेछन् ।डिफेन्समा सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् ।

मिडफिल्डरमा लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल छन् ।

फरवार्ड लाईनमा अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार रहेका छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० कार्तिक २४, १९: ३४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० कार्तिक २४, १९: ३४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० कार्तिक २४, १९: ३४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...