काठमाडौं । जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका ३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो ।
निजी हस्पिटलले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्रावका कारण मृत्यु भएको हो ।
चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार भएको आरोप लगाएका छन् । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त छ । यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरेका छन्।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...