पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

पाकिस्तानसँग ७ विकेटले हार्‍यो नेपाल

काठमाडौं । यूएईमा आजबाट सुरु भएको एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । पाकिस्तानसँग् ७ विकेटले हारेको हो । नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २७ ओभरमा केवल ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि साद वैजले ५० तथा अजान अविसले ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मह्मद जिसनले २० रन थपे । बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए ।

पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए। गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए ।

नेपालले समूह चरणको दोस्रो खेलमा आइतबार अफगानस्तानसँग र मंगलबार अन्तिम खेलमा भारतसँग खेल्नेछ । नेपाल समह ए मा रहेको छ । जहाँ भारत पाकिस्तान र अफगानस्तान रहेका छन् ।

त्यस्तै समूह बी मा आयोजक यूएई, जापान, श्रीलंका र बंगलादेश रहेका छन् । दुबै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आगामी पुस १ गते हुनेछ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० मंसिर २२, २१: २९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० मंसिर २२, २१: २९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० मंसिर २२, २१: २९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...