प्रधानसेनापति राजेन्द्र क्षत्रीले पौष १४ गते मोरङको याङशिलास्थित श्री कालीबक्स गण (ई) मा राष्ट्रिय सेवा दलद्वारा सञ्चालन भईरहेको सि.सं.४४ जुनियर डिभिजन, बार्षिक सामुहिक तालिम क्याम्प (दोस्रो चरण) का प्रशिक्षार्थीहरुको दीक्षान्त कवाजको निरीक्षण गरेका छन् ।
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सेवादलले संचालन गरेको ल्ऋऋ तालिममा छनौट भई १०० दिन अवधिको तालिम सफलता पूर्वक सम्पन्न गरी दिक्षित हुुनुभएका क्याडेट छात्र÷छात्राहरुलाई बधाई दिदै तालिमको दौरान हासिल गरेका सामान्य सैनिक कला, विपद् व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक दायित्व तथा अनुशासन सम्बन्धी ज्ञानले अनुशासित, मर्यादित मुलुक प्रति समर्पित र राज्यका संस्थाहरु प्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुको साथै विपत्तिहरुको समयमा स्वंयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।
निरीक्षण भ्रमणकै सिलसिलामा प्रधानसेनापति क्षत्रीले ईलामस्थित श्री पशुपतिप्रसाद गण र झापास्थित श्री कालीबहादुर गणको निरीक्षण भ्रमण गरी भई उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...