आजदेखि हुने क्वार्टरफाइनलका खेलमा थ्रीस्टार र पारो भिड्दै – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

आजदेखि हुने क्वार्टरफाइनलका खेलमा थ्रीस्टार र पारो भिड्दै

पोखरा । आहारारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसी भिड्दै छ ।प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २ १ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो । भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो । दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । थ्री स्टारको कप्तानमा योगेश गुरुङ छन् । क्लबकै पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा प्रतिस्पर्धामा होमिएको टिममा विराज महर्जन्, आशिष चापागाईं, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराललगायत छन् । सहारासँगको खेलमा महर्जन भने बेञ्जमा थिए । आमन्त्रित क्लब पारो एफसीले आहाराराको नवप्रवेशी क्लब हो । पुष्पलाल शर्माको प्रशिक्षणमा मैदान उत्रिन लागेको हो । आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० माघ १३, ०८: २५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० माघ १३, ०८: २५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८० माघ १३, ०८: २५

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...