दार्चुला । भागेका थुनुवालाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका– १ का उमेशसिंह कुँवर प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्दा उनलाई नियन्त्रणमा लिन खोज्दा लडेर प्रहरी जवान सुहान चौधरीको मृत्यु भएको हो ।
हिरासतमा रहेका एक थुनुवा सोमबार भागेका थिए । हतकडी लगाएकै अवस्थामा प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए ।
हतकडीसहित हाम फालेका कुँवरसँगै हुत्तिएर चौधरी भिरबाट लडेर झन्डै सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पुर्याउँदा मृत्यु भएको सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...