काठमाडौं । पशुपतिको जंगलमा एक किशोरीको शव भेटिएको छ ।
गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृतको डिएसपी केशव थेवेले बताए ।
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएपनि थप अनुसन्धान भइरहेको छ ।
सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै आएकी थापा केहीदिनदेखि हराइरहेकी थिइन् ।
उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् ।
उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सन्जालमा अपिल गरेका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...