
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले ५ चैतपछि सेवा प्रवाहमा ढिलाइ हुने बताएको छ । कार्यालयबाट हुने सेवा प्रवाह राजस्व बुझाएको तीन दिनपछि मात्रै दिन सकिने जनाएको हो ।
विद्यार्थीको नाम, थर र जन्म मिति लगायत संशोधन सम्बन्धी कार्यको निवेदन संकलन हुने, ‘कपी अफ ओरिजिनल’ जारी गर्ने जस्ता कार्य राजस्व बुझाएको तेस्रो दिनपछि वितरण हुने कार्यालयको भनाइ छ ।
‘भेरिफिकेसन’ तथा ‘ट्रु कपी एटेस्टेड’ सम्बन्धी कार्य सोही दिन ३ बजेपछि वितरण हुने व्यवस्था मिलाइएको छ । १५ चैतबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापकीय कार्यका लागि कर्मचारी खटिनुपर्ने भएकाले सेवा प्रवाहमा ढिलाइ हुने जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...